स्वास्थ्य मन्त्रालयले भन्यो : तत्काल कोभिशिल्डको ५० लाख डोज खोप आउँदैन

421

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल कोभिशिल्डको ५० लाख डोज खोप किन्ने अवस्था नरहेको प्रष्ट पारेको छ ।

मन्त्रालयका प्रवक्ता डा.जगेश्वर गौतमले शुक्रबार विज्ञप्ति जारी गर्दै सेरम इन्स्ट्युटिच्युट इन्डियामा आगलागी र क्षमता विस्तारमा अवरोध भइरहेकाले तत्काल थप खोप दिन नसक्ने बताएको जानकारी गराएका हुन् ।

“औषधि व्यवस्था विभागको आपतकालीन प्रयोगका लागि अनुमति प्राप्त कोभिशिल्ड खोप २० लाख डोज ४ डलरमा खरिद गरिएकोमध्ये १० लाख प्राप्त गरिसकिएको, जसमा बाँकी खोप वर्तमान विश्व परिस्थिति र भारतको अवस्थाले सेरम इन्सटिच्युट इन्डियाले नेपाललाई खोप आपूर्ति गर्नु आफ्नो प्राथमिकता रहेको तर सो कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकोले,” विज्ञप्तिमा भनिएको छ, “क्षमता विस्तार हुने बित्तिकै आपूर्ति गर्ने जानकारी दिएको छ । थप ५० लाख मात्रा कोभिशिल्ड खोप खरिद गर्ने अवस्था अहिले छैन ।”

तर अन्य कम्पनीका खोपहरुले औषधि व्यवस्था विभागबाट स्वीकृति पारेको र पाउने क्रममा रहेको भन्दै प्रवक्ता डा.गौतमले नेपाल सरकारले अन्य खोप प्राप्त गर्न कूटनैतिक तथा अन्य माध्यमबाट समेत प्रयास गरिरहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

May be an image of text

Share This:
सम्बन्धित खबर
Loading...