चितवनका दुई अस्पतालमा उपचाररत ५ जना संक्रमितको मृत्यु

371

चितवन । यहाँ रहेका दुई मेडिकल कलेजमा ५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका एक र अन्य बाहिरी जिल्लाका रहेका छन् ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–३ की ६९ वर्षीया वृद्धा रहेकी छन् । निमोनियाको समस्या भई यही वैशाख १९ गते अस्पताल आएकी उनमा २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको शुक्रबार बिहान १ः५७ बजे मृत्यु भएको हो ।

यस्तै नवलपरासीको प्रतापपुर गाउँपालिका–९ का ३४ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको आज बिहान ४ बजे मृत्यु भएको हो ।

त्यस्तै रुपन्देहीको सैनामैना नगरपालिका–१ का ५३ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान २ः१० बजे मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजमा उपचाररत कावासोती नगरपालिका–२ का ५८ वर्षीय पुरुषको मृत्यु भएको छ । निमोनियाको समस्या भई यही वैशाख १५ गते अस्पताल भर्ना भएका उनमा १६ गते कोरोना सङ्क्रमण पुष्टि भएको उनको बिहीबार राति १२ः४० बजे मृत्यु भएको हो ।

यस्तै सोही मेडिकल कलेजमा उपचारका क्रममा कैलालीकी एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–९ की ५३ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...