काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड–१९ संक्रमितको उपचारका लागि सरकारले डोर टु डोर टिम निर्माणको तयारी गरिरहेको बताएका छन् ।
विश्वव्यपाीरुपमा फैलिएको दोस्रो लहरको कोरोना महामारीले देशमा अप्ठ्यारो परिस्थती सिर्जना गरिरहेको अवस्थामा परिवारका सबै सदस्यहरु पनि कन्ट्रयाक्ट् ट्रेसिङमा परिरहेका बेला बेसहारा बनेका संक्रमितहरुको उपचारका लागि यसखाले टिमको निर्माण हुन लागेको मन्त्री गुरुङले बताए ।
वीर अस्पतालमा पाँच सय शय्याको उपचार गर्न मिल्ने संरचना निर्माण भइरहेको पनि उनले बताए ।
छैठौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा उनले कोभिड संकटको अवस्थामा जनमानसमा त्रास नफैलाउने र सकारात्मक र सहयोग पुग्ने खालको समाचार सम्प्रेषण गरेर संकट समाधानका लागि भूमिका खेल्नका लागि पत्रकारहरुको विशेष टिम समेत निर्माण हुने बताए । ता कि, कोरोना कै समाचार सुनेर विगतमा जस्तो कसैले पनि आत्महत्या गर्न नपरोस्, यसका लागि मन्त्रालयले आवश्यक पहल गरिरहेको मन्त्री गुरुङले जानकारी दिए ।