मन्त्री महतोलाई कोरोना भाइरस संक्रमण

461

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री जुली  महतोलाई कोरोना भएको छ ।

मन्त्री महतोले ट्विटरमार्फत् आफूलाई कोरोना भएको उल्लेख गरेकी छन् ।

“मेरो पनि कोरोना भाइरसको रिर्पोट पोजेटिभ देखाएको छ । चिकित्सकको निगरानीमा छु,आत्मविश्वास र मनोबल उच्च छ । छिट्टै नै पूर्ण स्वास्थ्य भएर आफ्नो नियमित कार्यमा फर्कनेछु, मन्त्री महतोले भनिन्,“दश औला जोडेर सबैलाई विनम्र आग्रह छ : सजग बनौं ।”

महतोसँगै संघीय सरकारका चार जना मन्त्रीलाई कोरोना भएको छ । पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकाल, ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणी थापालाई यस अघि नै कोरोना भएर आराम गरिरहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...