काठमाडौं उपत्यकामा २४ घन्टामा थपिए ३ हजार ८३५ संक्रमित

काेराेना अपडेट

565

काठमाडौं । २४ घन्टाको अवधिमा काठमाडौं उपत्यकामा ३ हजार ८ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गाैतमका अनुसार काठमाडौंमा २ हजार ८ सय ५९, ललितपुरमा ५ सय १८ र भक्तपुरमा ४ सय ५८ जना संक्रमित भेटिएको हो ।

देशभरबाट ८ हजार ६ सय ५९ जना कोरोना संक्रमण पुष्टि भएको छ । ३ लाख ५९ हजार ६ सय ६४ पुगेको छ । यीमध्ये ६६ हजार ३ सय ५२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

बुधबार देशभर १ हजार ९ सय ९३ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका १ हजार ९ सय ९३ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ८९ हजार ७ सय ८३ जना पुगेको छ । निको हुने दर ८०.६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ५८ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ४ सय ७५ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...