मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

317

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण भएको छ ।

प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालमा मंगलबार साँझ आरडिटी परीक्षण गर्दा कोरोना पोजेटिभ भएको रिपोर्ट आएको हो।

यसअघि गण्डकी प्रदेशका ४ जना सांसद्को पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो। सांसद्हरु राजीव पहारी, प्रभा कोइराला, मनकुमारी गुरुङ र खिमविक्रम शाहीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपाने पनि संक्रमित भएर ४ दिनदेखि एकान्तवास (आइसोलेसन) मा बसेका छन् ।

मुख्यमन्त्री गुरुङ पनि अहिले आफ्नै निवासको एकान्तवास (आइसोलेसन) मा बसेका छन् ।

मुख्यमन्त्रीविरुद्ध संसदमा पेस भएको अविश्वास प्रस्ताव उपर छलफल गर्नुअघि सांसद्हरु सबैको कोरोना परीक्षण भएको थियो । त्यसमध्ये सुरुमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको थियो।

Share This:
सम्बन्धित खबर
Loading...