कोरोना संक्रमणबाट काभ्रेमा ७ जनाको मृत्यु

794

काभ्रेपलाञ्चोक । कोरोना संक्रमणबाट काभ्रेपलाञ्चोकमा मंगलबार ७ जनाको मृत्यु भएको छ ।

धुलिखेल अस्पतालमा उपचाररत ४ र बनेपास्थित शिर मेमोरियल अस्पतालमा ३ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)ले जनाएको छ ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोक, मण्डेनदेउपुरका ७८ वर्षीय पुरुष, बनेपाका ४२ वर्षीय पुरुष र ६२ वर्षीया महिला, पनौतीकी ८० वर्षीया, भक्तपुरका ६२ वर्षीया महिला र ६७ वर्षीय पुरुष तथा महोत्तरी जलेश्वरका ५० वर्षीया महिला छन् ।

Share This:
सम्बन्धित खबर
Loading...