२४ घन्टामा हालसम्मकै धेरै संक्रमितको मृत्यु

748

काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट नेपालमा ५५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५ जना संक्रमितको मृत्यु भएको हो ।

योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर १६ हजार १ सय ३१ आरटी पिसिआर र ५ सय ७१ एन्टिजेन परीक्षण गरिएकोमा ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएका छ ।

कुल कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ । यीमध्ये ५९ हजार ७ सय ९८ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ६ सय १६ जना र भेन्टिलेटरमा १ सय ७९ जना उपचाररत छन् ।

मंगलबार देशभर १ हजार ७ सय ७५ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । निको हुने दर ८२ प्रतिशत रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...