आइपुग्यो ७ हजार डोज ‘रेम्डेसिभिर’, आजै वितरण गरिने

459

काठमाडौं । कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ बंगलादेशबाट नेपाल आइपुगेको छ ।

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले हिजो आइपुग्नु पर्ने ७ हजार डोज औषधि मंगलबार नेपाल आइपुगेको जानकारी दिए ।

पछिल्लो समय कोभिडका बिरामी बढ्दै गएपछि ‘रेम्डेसिभिर’ औषधिको माग पनि बढ्दै गएको र सोही माग अनुसार बंगलादेशबाट ७ हजार डोज औषधि नेपाल ल्याइएको उनले बताए । साथै भोलि पनि केही मात्रामा औषधि नेपाल आइपुग्ने उनले बताए ।

उनले सो औषधि कोभिड अस्पतालहरुमा आजै पठाउने तयारी भइरहेको जानकारी दिए ।

सङ्क्रमित बिरामीको अवस्था हेरेर फरक–फरक डोजमा दिइने रेम्डेसिभिर औषधि पछिल्लो केहि समयदेखि बजारमा अभाव देखिएको थियो । थप अभाव हुन नदिन आधिकारिक आयातकर्ताको पहलमा औषधि व्यवस्था विभागले बंगलादेशबाट उक्त औषधि ल्याउन सुरु गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...