सोलुखुम्बुमा ४ जनालाई कोरोना संक्रमण

168

सोलुखुम्बु । सोलुखुम्बुका ४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पताल फाप्लुमा आज गरिएको एन्टिजेन परीक्षणमा चार जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

संक्रमितमध्ये २ जना महिला र २ जना पुरुष रहेको कार्यालयका कोरोना फोकल पर्सन राम कुमार विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार तीन जना काठमाडौंबाट र एक जना सोताङबाट आएका नागरिक हुन् । संक्रमितहरु १९, २५, ३० र ६२ वर्ष उमेरका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...