हेटौंडा अस्पतालमा उपचाररत २ जनाको मृत्यु

722

हेटौंडा । मकवानपुरमा कोरोना संक्रमणका कारण गएराति दुई जनाको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत दुई जना पुरुषको मृत्यु भएको हाे ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१ निवासी ५५ वर्षीय पुरुष र बारा जिल्लाको अमलेखगञ्ज निवासी ४६ वर्षका पुरुष रहेको हेटौँडा अस्पतालले पुष्टि गरेको छ ।

उनीहरु कोरोना संक्रमण पुष्टि भएपछि हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षको भेन्टिलेटरमा उपचाररत रहेको र आइतबार राति उपचारका क्रममा मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. प्रविण श्रेष्ठले जानकारी दिए ।

मृतक दुवै जनाको स्वास्थ्यमा स्वास प्रश्वासमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । यसअघि मकवानपुरमा कोरोना संक्रमणका कारण ३५ जनाको मृत्यु भइसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...