मन्त्री ढकाल दम्पतीलाई कोरोना भाइरस संक्रमण

303

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आज पिसिआर परीक्षण गर्दा मन्त्री ढकाल र उनकी श्रीमतीलाई कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएपनि स्वास्थ्यवस्था भने सामान्य रहेको मन्त्री ढकालले जानकारी दिएका छन् ।

“आज गरिएको परीक्षणबाट हामी श्रीमान् श्रीमतीलाई कोभिड–१९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ,” मन्त्री ढकालले फेसबुकमा लेखेका छन्, “यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरूलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ ।”

केही दिनअघि मात्र ऊर्जामन्त्री टोपबहादुर रायमाझी र खोनपानीमन्त्री मणि थापालाई कोरोना पुष्टि भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...