२४ घन्टामा थपिए ७ हजार २११ कोरोना संक्रमित, २७ जनाको मृत्यु

643

काठमाडौं । नेपालमा ७ हजार २ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा देशभर १६ हजार १ सय ४७ आरटी पिसिआर र ७ सय २३ एन्टिजेन परीक्षण गरिएकोमा ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएका हो ।

पिसिआर विधिबाट ७ हजार १ सय ३७ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जाकारी दिए ।

जम्मा कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ । यीमध्ये ४८ हजार ७ सय ११ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा २ हजार ७ सय ४४, ललितपुरमा ५ सय ५० र भक्तपुरमा ३ सय १ जना गरी उपत्यकामा ३ हजार ५ सय ९५ जना संक्रमित थपिएका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ४ सय ७७ जना र भेन्टिलेटरमा १ सय ३१ जना उपचाररत छन् ।

आइतबार बार देशभर १ हजार ६ सय १२ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका १ हजार ६ सय १२ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ८३ हजार ९ सय ९४ जना पुगेको छ । निको हुने दर ८४.५१ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २७ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३ सय २५ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...