उपत्यकामा १ हजार शय्या थप्ने सरकारको निर्णय

505

काठमाडौं । सरकारले कोभिड–१९ को संक्रमण जटिल बन्दै गए पनि आतंकित हुने अवस्था भने नरहेको स्पष्ट पारेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना सम्बन्धी परिक्षण र उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने स्पष्ट पारेका छन् । मन्त्रालयमा आज आकस्मिक बैठकपछि मन्त्री त्रिपाठीले उपत्यकामा भोलि आइतबार १ हजार शय्या थप गरिने जानकारी दिए ।

सरकारले नागरिकको जीवनलाई सधैँ पहिलो प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै मन्त्री त्रिपाठीले संसारमा उपलब्ध सबैखाले रोकथाम र उपचारका विधि अवलम्बन गरिने पनि बताए ।

एकसाता भित्र काठमाडौं उपत्यकामा ७ हजार शय्या थप गर्ने गृहकार्य भइरहेको पनि मन्त्री त्रिपाठीले जानकारी दिए । निषेधाज्ञाका कारण कतिपय स्थानमा जनजीवन कष्टकर भएको प्रति सरकार गम्भीर रहेको बताउँदै मन्त्री त्रिपाठीले जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैमा अपिल गरे ।

Share This:
सम्बन्धित खबर
Loading...