पहिलो टेष्टमा पाकिस्तान फराकिलो अन्तरले विजयी

430

काठमाडौं । जिम्बाब्वेविरुद्धको पहिलो टेष्टमा पाकिस्तान फराकिलो अन्तरले विजयी भएको छ । पहिलो टेष्टको तेस्रो दिन दोस्रो पारीमा जिम्बाब्वे १ सय ३४ रनमा समेटिएपछि पाकिस्तान एक इनिङ्स र १ सय १६ रनले विजयी भएको हो ।

जिम्बाब्वेका तरिसै मुसकान्डा ४३, ब्रेन्डोन टेलरले २९, केभिन कसुजाले २८ तथा रेगिस चकब्वाले १४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेन ।

जिम्बाब्वेलाई सस्तैमा समेट्ने क्रममा पाकिस्तानका हसन अलीले ५, नौमानले २ तथा फहीम अस्राफले एक विकेट लिए ।

हरारे स्पोर्ट्स क्लबमा टस जितेर ब्याटिङ गरेको जिम्बाब्वेले पहिलो इनिङ्समा १ सय ७६ रन बनाएको थियो ।

पाकिस्तानले पहिलो इनिङ्समा फवाद आलमको शतकीय पारीको मद्धतमा ४ सय २६ रन बनाएको थियो । यस्तै, इम्रान बटले ९१, अविद अलीले ६०, मोहम्मद रिजवानले ४५, अजहर अलीले ३६ तथा हसन अलीले ३० रनको योगदान गरे ।

जितसँगै पाकिस्तानले दुई खेलको टेष्ट सिरिजमा १–० को अग्रता लिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...