२८० नमुना परीक्षण गर्दा १९३ जनामा संक्रमण पुष्टि

571

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार गरिएको २ सय ८० जनाको पिसिआर परीक्षणमा १ सय ९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

शुक्रबार राति अबेरसम्म गरिएका परीक्षणको नारायणी अस्पतालको प्रयोगशालाले शनिबार बिहान मात्र परीक्षण रिपोर्ट सार्वजनिक गरेको हो ।

सङ्क्रमण पुष्टि हुनेमा पर्साका १ सय ५१, बाराका ३०, रौतहटका ४, सर्लाहीका ३, चितवनका २, धनुषा, बर्दिया र नवलपरासीका १–१ जना छन् ।

सङ्क्रमण पुष्टि भएका पर्सा जिल्लाबाहेक अन्यत्र स्थायी घर भएपनि उनीहरुको स्वाब नमुना वीरगञ्जमा नै सङ्कलन गरिएको अस्पतालले जनाएको छ । साढे २ वर्षदेखि ७७ वर्ष उमेर समूहका थपिएका सङ्क्रमितमध्ये १ सय ३६ जना पुरुष र ५७ जना महिला छन् ।

जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड–१९ सम्पर्क व्यक्ति विनय श्रीवास्तवका अनुसार कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएदेखि हालसम्म सङ्क्रमण पुष्टि भएका १ हजार २ सय ६२ जना होम आइसोलेसनमा रहेकोमा १ सय ६० जना सङ्क्रमणमुक्त भएको र १ हजार १ सय २ जना अहिले पनि होम आइसोलेसनमा छन् ।

पर्साको वीरगञ्जका विभिन्न अस्पतालमा हाल ८१ जना सङ्क्रमित उपचाररत छन् । वीरगञ्जमा उपचाररत ८१ जना सङ्क्रमितहरुमा नारायणी अस्पतालमा ४७, नेसनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोभिड अस्थायी अस्पतालमा १८, नारायणी बयोधा अस्पतालमा १४ र गण्डक हस्पिटलमा ८ जना छन् ।

Share This:
सम्बन्धित खबर
Loading...