लुम्बिनीका सांसद्लाई कुनै कारबाही भएको छैन : ठाकुर

666

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले लुम्बिनीका नवनियुक्त चारजना मन्त्रीलाई सांसद् र पार्टी सदस्यबाट कुनै कारबाही नभएको बताएका छन् ।

बिहीबार साँझ अध्यक्ष ठाकुरले लुम्बिनी प्रदेशका सभामुख पूर्ण बहादुर घर्तीलाई पत्र लेख्दै उनीहरुलाई पार्टीको केन्द्रीय स्तरबाट कुनै कारबाही नभएको जानकारी दिएका हुन् ।

‘लुम्बिनी प्रदेशमा पूर्व राजपा नेपाल र पूर्व समाजवादी पार्टीका प्रदेश समितिको समायोजन हुन नसकी जसपा नेपालको प्रदेश समिति गठन हुन बाँकी नै रहेको तर प्रदेश सभामा दुवै संसदीय दलको समायोजन भई जसपा नेपालको ६ सदस्यीय संसदीय दल गठन भई कार्यरत रहेकोले यसैलाई स्वायत्तता दिई प्रदेश सभा सम्बन्धी सम्पूर्ण कार्य लोकतान्त्रिक प्रक्रियाबाट गर्न गराउन निर्देशन पठाइसकेको र त्यसैलाई मान्यता दिइने व्यहोरा जानकारी गराइन्छ,’ अध्यक्ष ठाकुरद्वारा लुम्बिनी प्रदेशका सभामुख घर्तीलाई लेखेको पत्रमा उल्लेख छ ।

साथै केन्द्रीय स्तरबाट लुम्बिनी प्रदेश सभा सदस्यहरुलाई कुनै कारबाही नभएको बताइएको छ ।

बिहीबार जसपाको लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयको वैशाख १६ गतेको पत्रअनुसार सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट निष्काशन गर्ने निर्णय भएको थियो । चारैजना केही दिनअघि लुम्बिनी प्रदेश सरकारमा सामेल भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...