काठमाडौं उपत्यकामा थपिए १,५६१ संक्रमित

300

काठमाडौं । बितेको २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ६१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १ सय २७, ललितपुरमा २ सय ५२ र भक्तपुरमा १ सय ८२ जना गरी उपत्यकामा १ हजार ५ सय ६१ जना संक्रमित भेटिएको हो ।

देशभरबाट ४ हजार ९ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ५ सय ३० पुगेको छ । यीमध्ये ३४ हजार १ सय १७ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३ सय ३७ जना र भेन्टिलेटरमा १ सय ७ जना उपचाररत छन् ।

बिहीबार देशभर ८ सय ८८ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ८ सय ८८ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ८० हजार १ सय ६७ जना पुगेको छ । निको हुने दर ८८.२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टा अवधिमा ३५ जनाको संक्रमणबाट मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...