बाँकेमा २४ घन्टामा १० जना संक्रमितको मृत्यु

609

बाँके । बाँके जिल्लामा पछिल्लो २४ घन्टाको अवधिमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । बुधबार राति ८ः५५ बजेदेखि बिहीबार बिहान ८ बजेसम्म बाँकेमा ८ जनाको मृत्यु भएको थियो ।

बिहीबार बिहान पुनः आधा घन्टाको फरकमा थप २ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट बाँकेमा १० जनाको मृत्यु भएको हो ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा कैलालीको टिकापुर नगरपालिका–१ की ५२ वर्षीया महिला र नेपालगञ्ज मेडिकल कलेजमा नेपालगञ्ज–८ का ३३ वर्षीय पुरुषको आधा घन्टाको फरकमा मृत्यु भएको हो ।

कैलालीकै ५१ वर्षीया महिलाको बिहीबार बिहान १० बजे भेरी अस्पतालमा र नेपालगञ्ज–८ का ३३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा बिहीबार बिहान १०ः३० बजे मृत्य भएको फोकल पर्सन वलीले बताए ।

बाँकेमा उपचाररत ८ जना संक्रमितको मृत्यु

Share This:
सम्बन्धित खबर
Loading...