नेपाल सुपर लिग : पोखराको पहिलो जित, विराटनगर १–०ले पराजित

418

काठमाडौं । पोखरा थन्डर्सले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित निकालेको छ ।

बुधबार भएको खेलमा विराटनगर एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै पोखराले पहिलो जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पोखरालाई जित दिलाउन नवयुग श्रेष्ठले निर्णायक गोल गरे । उनले खेलको ८३औँ मिनेटमा गोल गरेका थिए । जितसँगै पोखराले २ खेलमा ३ अंक जोडेको छ ।

पहिलो खेलमा पोखरा बुटवल लुम्बिनीसँग २–० ले पराजित भएको थियो । पोखरा चौथो स्थानमा रहेको छ । विराटनगरको यो पहिलो हार हो । विराटनगरले २ खेलमा ३ अंक जोडेको छ । विराटनगर दोस्रो स्थानमा रहेको छ ।

यस्तै, आजै भएको पहिलो खेलमा एफसी चितवनले बुटवल लुम्बिनी एफसीसँग बराबरी खेलेको छ ।

बुधबार भएको पहिलाे खेलमा चितवनले बुटवलसँग २–२ गोलको बराबरी खेल्दै अंक बाडेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा चितवन बराबरीमा रोकिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...