दिल्लीमाथि १ रनले विजयी हुँदै बैंगलोर शीर्ष स्थानमा

आइपिएल २०२१

248

काठमाडौं । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेञ्जर्स १ रनले विजयी भएको छ । जितसँगै बैंगलोर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यो बैंगलोरको पाँचौँ जित हो ।

१ सय ७२ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा १ सय ७० रन मात्र बनाउन सक्यो ।

दिल्लीका रिषभ पन्त र शिम्रोन हिटमेयरले नटआउट ५८ र ५३ रनको पारी खेले पनि जित दिलाउन सकेनन् । अन्तिम ओभरमा १४ रन चाहिएको अवस्थामा पन्तले ११ रन बनाएपनि त्यो जितको लागि पर्याप्त भएन ।

यस्तै, मर्कूस स्टोइनिसले २२ तथा पृथ्वी शाँले २१ रन बनाए ।

यसअघि, अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले ५ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो ।

मध्यम सुरुवात गरेको बैंगलोरका लागि एबी डि भिलियर्सले अर्धशतकीय योगदान गरे । एबी डि भिलियर्सले ४२ बलमा ५ छक्का र ३ चौकासहित ७५ रन बनाए ।

यस्तै, रजत पाटीदारले ३१, ग्लेन म्याक्सवेलले २५, देवदत्त पडिक्कलले १७ तथा विराट कोहलीले १२ रन जोडे ।

जितसँगै बैंगलोर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बैंगलोरको ६ खेलबाट ५ मा जित र एकमा हारसहित १० अंक छ । यस्तै एक खेल कम खेलेको चैन्नइ ८ अंकसहित दोस्रो स्थानमा छ । यस्तै दिल्ली तेस्रो स्थानमा छ ।

दिल्लीका इशान्त शर्मा, कागिसो रबडा, अवेश खान, अमित मिश्रा तथा अक्षर पटेलले समान एक–एक विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...