बाँकेमा एकैदिन भेटिए ६३९ जना कोरोना संक्रमित

536

बाँके । बाँकेमा मंगलबार दिउँसोसम्म थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा ३८३, मेडिकल कलेज कोहलपुरमा १४५, बागेश्वरी ल्याबमा १०९, जमुनाहा नाकामा २ जना गरी मंगलबार दिउँसोसम्म ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ४७६ जनाको पिसिआर परीक्षण गरिएकोमा ३८३ जनालाई कोरोना पुष्टि भएको जिल्ला संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । जुन जम्म परीक्षणको ८०.५ प्रतिशत हुन आउँछ ।

संक्रमण पुष्टि भएका ३८३ मध्ये २९९ जना जिल्ला भित्रका छन् । जसमध्ये नेपालगञ्ज उपमहानगरपालिकाका २३६, कोहलपुर नगरपालिकाका २५ जना र बर्दियाको बारबर्दियाका २१ जना छन् ।

कोरोना पुष्टि भएकामा २०–४० वर्ष उमेरका धेरै छन् । २० वर्षभन्दा मुनिका ५२ जना रहेको अस्पतालले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...