काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले गरेको सिफारिस अनुसार काठमाडौंसहित देशका ८ जिल्लामा तत्काल निषेधाज्ञा लागु गरिने भएको छ ।
तत्काल निषेधाज्ञा लागु हुने जिल्लाहरुमा काठमाडौं, ललितपुर, भक्तपुर, बाँके, पर्सा, मोरङ, रुपन्देही, दाङ र कास्की रहेका छन् ।
सिसिएमसीले सहरमा ५ सय र पहाडमा २ सय जनाभन्दा बढी सक्रिय संक्रमित देखिएमा निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । तर लकडाउनको अधिकार सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार काठमाडौं, ललितपुर, बाँके, पर्सा, मोरङ, रुपन्देही, दाङ र कास्कीमा ५ सय जनाभन्दा बढी कोरोना संक्रमित छन् ।