प्रधानमन्त्री ओलीको टिप्पणी–‘एमाले नाम जोगी, बाबाजी भने जस्तो होइन’

427

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नाम जोगी र सन्यासी जस्तो नभएको बताएका छन् । माधव नेपाल समूहप्रति संकेत गर्दै उनीहरुले एमाले भन्नु नाजायज भएको बताए ।

इमेज टेलिभिजनको हट सिट कार्यक्रमलाई आइतबार राति अन्तर्वार्ता दिँदै प्रम ओलीले सो कुरा बताएका हुन् । “एमाले भनेको जोगी सन्यासी बाबाजी भने जस्तो त होइन नि । उ पनि बाबाजी, म पनि बाबाजी भन्छ । एउटा श्री श्री महाराज भन्छ, अर्काले स्वामी महाराज भन्छ । स्वामी महाराज भने जस्तो त होइन नि पार्टी भनेको त,” प्रधानमन्त्री ओलीले भने, “एउटा विचारमा , आस्थामा, गन्तव्यमा लक्षित भएर एउटै बाटोबाट एउटै दिशाबाट अघि बढ्ने संकल्पका साथ अघि बढ्ने संगठन हो ।”

माधव नेपालहरुले अनुशासनहीन काम गरिरहेको उनले बताए । “संसारको जुनुसुकै पार्टीमा एउटा कमिटी हुन्छ एउटा जनवर्गीय संगठन हुन्छ । अनि म नै एमाले हुँ भन्ने ? हिजो पनि प्रचण्डसँग मिलेर उहाँले नै पार्टी हुँ भन्नुहुन्थ्यो नि हैन ?’

Share This:
सम्बन्धित खबर
Loading...