राष्ट्रियसभा उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

479

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले आउँदो जेठ ६ गतेका लागि तय भएको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

आयोगको तालिका अनुसार वैशाख २१ गते मतदाता नामावली प्रकाशन हुनेछ । वैशाख २४ गते उमेदवारको मनोनय गर्ने कार्यतालिका छ ।

त्यस्तै, वैशाख २९ गते उमेदवारको अन्तिम नामावली प्रकाशन हुने, २९ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यतालिकामा उल्लेख छ ।

जेठ ६ गते बमगमती प्रदेशको रिक्त एक स्थानमा निर्वाचन हुन लागेको हो ।

गृहमन्त्री समेत रहेका रामबहादुर थापा ‘बादल’ नेकपा एमाले प्रवेश गरेपछि रिक्त स्थानमा निर्वाचन हुन लागको हो । एमालेले थापालाई नै उमेदवार बनाउने तयारी गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...