तिर्थयात्री बोकेको बस दुर्घटना हुँदा १ को मृत्यु, ३८ जना घाइते

290

खोटाङ । खोटाङ हलेसीतुवाचुङ नगरपालिका–१ कदुवास्थित मध्ये पहाडी लोकमार्गमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार बिहान ११ बजे हलेसी दर्शन गरी सप्तरी फर्केको चालकसहित ३९ जना यात्री बोकेको बस दुर्घटना हुँदा १ को मृत्यु, ३८ जना घाइते भएका छन् । तीमध्ये १६ जना सामान्य घाइते भएका हुन् ।

बा३ख ९२८५ नम्बरको बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल्लो सडकमा खसी दुर्घटना हुँदा सो बसका सह–चालक सिन्धुली घ्याङलेक गाउँपालिका–१ का २५ वर्षीय अनिल तामाङको घटनास्थलमानै मृत्यु भएको थियो ।

दुर्घटना भएको जानकारी पाए लगतै प्रहरी चौकी च्यास्मिटर, इलाका प्रहरी कार्यालय हलेसी र जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी नायव उपरीक्षकको कमान्डमा प्रहरी टोली खटि गई घाइतेहरुलाई उपचारको लागी पठाइएको छ ।

उक्त दुर्घटनामा अबरुद्ध भएको सडक दिउसो सँवा २ बजे जेसिबी लगाइ बाटो सूचारु गराएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...