राप्रपाका तीन नेता एमालेमा प्रवेश

915

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका केन्द्रीय सदस्य रहेका लुम्बिनी प्रदेशका ३ जना नेता नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

एमाले प्रवेश गर्नेहरुमा राप्रपाका केन्द्रीय सदस्य एवम् रुपन्देहीका नेता राजेन्द्र पाण्डे, अर्घाखाँचीका नेता एवम् केन्द्रीय सदस्य नारायण आचार्य तथा रुपन्देहीकै अर्का नेता एवम् केन्द्रीय सदस्य नवीन पौडेल छन् ।

उनीहरु तीनै जनालाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र खानेपानीमन्त्री मणिराज थापाले स्वागत गरे ।

Share This:
सम्बन्धित खबर
Loading...