त्रिकोणात्मक टी–२० सिरिज : नेपाल नेदरल्यान्ड्ससँग स्तब्ध

521

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ ।

नेपालले दिएको २ सय ७ रनको लक्ष्य नेदरल्यान्डले ३ बल बाँकी रहँदा पूरा गर्दै ३ विकेटले विजयी भएको हो ।

नेदरल्यान्ड्सको जितमा बास डि लिडले नटआउट ८१ रनको पारी खेले । यस्तै, बेन कुपरले ५५, पिटर सिलरले ३१ तथा टोबियस भिसेले १५ रन बनाए ।

नेपालका सन्दीप लामिछानेले ४, करण केसी, कुशल मल्ल र अविनाश बोहराले एक–एक विकेट हात पारे ।

यसअघि, कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रनको योगफल बनाएको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२, दीपेन्द्र सिंह ऐरीले ६०, कप्तान ज्ञानेन्द्र मल्ले २० तथा कुशल मल्लले १८ रन बनाए । यस्तै सोमपाल कामी २१ र बिनोद भण्डारी ७ रनमा अविजित रहे ।

नेपाल र नेदरल्यान्ड्सको तीन खेलबाट समान ४ अंक भएपनि रनरेटका आधारमा नेपाल अघि रहेको छ भने नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ । मलेसियालले भने अहिलेसम्म कुनै खेल जित्न सकेको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...