नेपाली बलरसामु मलेसियाका ब्याट्सम्यान निरीह, दियो ११० रनको लक्ष्य

486

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत मलेसियाले नेपाललाई १ सय १० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको मलेसियाले १६.५ ओभरमा १ सय ९ रन मात्र बनाउन सक्यो ।

राम्रो सुरुवात गरेको मलेसियाका सायद आजिजले २७, शर्विन मुनिआन्डी २० तथा सफिक सरिफले १५ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेन ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका करण केसीले ३, सन्दीप लामिछानेले २ तथा दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, कुशल मल्ल र शाहाब आलमले एक–एक विकेट लिए ।

१ सय १० रनको सामान्य लक्ष्य पाएको नेपालले केही समयपछि जबाफी ब्याटिङमा उत्रनेछ ।

Share This:
सम्बन्धित खबर
Loading...