काठमाडौं । राष्ट्रियसभा सांसद र मन्त्री पद दुवै गुमाएका गृहमन्त्री राम बहादुर थापा‘बादल’ले पुनः गृहमन्त्रीको रुपमा पद तथा गोपनीयताको सपथ लिने भएका छन् ।
मृहमन्त्री बादलले आइतबार साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण गर्न लागेका हुन् ।
सर्वोच्च अदालतले नेकपा बदर गरी नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) लाई ब्युँताइदिएपछि एमालेमा लागेका उनको पद रिक्त गराउन माओवादी केन्द्रले लिखित पत्र संसद सचिवालयमा दिएको थियो ।
संसद सचिवालयले आइतबार बिहान बादलको पद रिक्त भएको सूचनामार्फत जानकारी गराएको थियो ।
यसअघि माओवादीले प्रतिनिधिसभाका ४ जना सदस्य एमाले प्रवेश गरेपछि उनीहरुको पद रिक्त गराइसकेको छ ।
संविधानअनुसार रिक्त राष्ट्रियसभा सदस्य पदका लागि ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्नेछ ।