छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु

237

विराटनगर । सुनसरी र मोरङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

शनिबार रातिपौने ८ बजे सुनसरी इटहरी ६ पूर्वपश्चिम राजमार्गमा पूर्वतर्फ जादै गरेको ना ५ ख ११११ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को३३ प ३२४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक इटहरी ८ का ४२ बर्षीय बिरेन्द्र चौधरी गम्भिर घाइते भएका थिए ।

उनको घोपा धरानमा उपचारको क्रममा राति पौने ९ बजे मृत्यु भएको छ । बस र चालक इटहरी १२ खनार का ३८ वर्षीय सन्तोष विक नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

त्यस्तै आइतबार बिहान ६ बजे मोरङ धनपालथान गाउँपालिका ४ स्थित भलुवा चौकमा पश्चिमतर्फ जादै गरेको को२७प ६४५९ को मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक रंगेली नगरपालिका २ का २३ वर्षीय भोला शर्मा र पछाडी सवार सोही स्थान ३ का २२ वर्षीय कासमिक मुर्मु गम्भिर घाइते भई कोसी अस्पताल विराटनगरमा उपचारको क्रममा चालक शर्माको ७ बजे मृत्यु भएको छ भने अर्का घाइते मुर्मुको सोही अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...