यी हुन् एमालेका ‘फ्लोर क्रस’ गर्ने सांसद

484

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत लिएका छन् । कर्णाली प्रदेशसभामा ३७ जना सांसदले मत हालेका थिए । विश्वासको मतको पक्षमा २२ र विपक्षमा १५ जना सांसदले मत दिएका छन् ।

कर्णाली प्रदेशमा माधव कुमार नेपाल समूहका ४ जनाले ‘फ्लोर क्रस’ गर्दा मुख्यमन्त्रीले विश्वासको मत लिन सफल भएका हुन् ।

नेपाल समूहका पूर्वमन्त्री प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मर बहादुर थापा र नन्दसिंह बुढाले प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

रुकुमकी देवी वलीले पनि फ्लोर क्रस गरेकी थिइन् । तर, पछि उनले मत सच्याएकी थिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...