त्रिकोणात्मक टी–२० सिरिजका लागि आइपुग्यो नेदरल्यान्ड्सको टोली

610

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजका लागि नेदरल्यान्ड्सको राष्ट्रिय क्रिकेट टोली काठमाडौं आइपुगेको छ ।

नेदरल्यान्ड्सको टोली मंगलबार बिहान ९ बजे त्रिभुवन विमानस्थलमा आइपुगेको हो ।

नेपााल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको त्रिकोणात्मक टी–२० सिरिज खेल्न टोली काठमाडौं आएको हो ।

क्यानले सार्वजनिक गरेको खेल तालिकाअनुसार सिरिजमा नेदरल्यान्ड्सले आफ्नो पहिलो खेल वैशाख ४ मा नेपालविरुद्ध खेल्नेछ ।

प्रतियोगिता वैशाख ४ गतेदेखि ११ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा हुनेछ ।

खेल तालिका
वैशाख ४ नेपालविरुद्ध नेदरल्यान्ड्स
वैशाख ५ नेदरल्यान्ड्सविरुद्ध मलेसिया
वैशाख ६ नेपालविरुद्ध मलेसिया
वैशाख ७ नेपालविरुद्ध नेदरल्यान्ड्स
वैशाख ८ नेदरल्यान्ड्सविरुद्ध मलेसिया
वैशाख ९ नेपालविरुद्ध मलेसिया
वैशाख १० विश्राम
वैशाख ११ फाइन (तालिकाको शीर्ष दुई टोली)

Share This:
सम्बन्धित खबर
Loading...