काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशका लागि नाम सिफारिस भएका नहकुल सुवेदी सर्वोच्च अदालतका न्यायाधीशका लागि योग्य भएको ठहर गरेको छ ।
सुवेदीको योग्यता नपुगेको भन्दै परेको रिटमा तेजबहादुर केसीको एकल इजलासले सो ठहर गरेको हो । सर्वोच्चले रिट खारेजको निर्णय गरेसँगै सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त हुने बाटो खुलेको हो ।
सुवेदीले उच्च अदालतको मुख्य न्यायाधीशमा पदमा ५ वर्ष काम नगरेको भन्दै उनको योग्यतामाथि प्रश्न उठाइएको थियो ।
सुवेदीले उच्च अदालतको मुख्य न्यायाधीश पदमा ३ वर्ष ३ महिना ३ दिनमात्र काम गरेका छन् ।
वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले न्याय परिषद्को सचिवालय समेतलाई विपक्षी बनाएर रिट हालेका थिए ।
सर्वोच्च अदालत फैसला