बार्सिलोनालाई हराउँदै रियल शीर्ष स्थानमा

537

काठमाडौं । स्पेनिस लिग लागिमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा रियलले चीरप्रतिद्वन्द्वी बार्सिलोनामाथि २–१ गोलको जित हासिल गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन करिम बेञ्जेमा र टोनी क्रुसले एक–एक गोल गरे भने बार्सिलोनाका मिनग्युले सान्तवना गोल फर्काए ।

पहिलो हाफको १३औँ मिनेटमा बेञ्जेमाले गोल गर्दै टोलीलाई अग्रता दिलाए । फेडे भाल्भेर्डेको पासमा लुकास भास्क्वेजले क्रस गरेको बललाई बेञ्जेमा ब्याकहिलबाट सुन्दर गोल गरे ।

यस्तै, खेलको २८औँ मिनेटमा रियलले अग्रता दोब्बर बनायो । भिनिसियस जुनियरलाई पेनाल्टी बक्सबाहिर बार्सिलोनाका खेलाडीले लडाएपछि प्राप्त फ्रिकिकमा टोनी क्रुसको प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।

बार्सिलोनाका ओस्कार मिगुएजाले गोल गरेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

जितसँगै रियलले ३० खेलबाट ६६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको एट्लेटिको मड्रिडको पनि ६६ अंक भएपनि गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ । पराजित बार्सिलोना ६५ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

Share This:
सम्बन्धित खबर
Loading...