प्रचण्डप्रति बाँस्कोटाको व्यङ्ग्य : चार गोल ठोक्नुभएछ, मिडफिल्ड चाहीँ नारायणकाजीलाई अचम्मै कम्फर्टेबल देखिने क्या

258

काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बाँस्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई नयाँ सरकार बनाउने प्रयत्न गरेको विषयलाई लिएर व्यङ्ग्य गरेका छन् ।

उनले नेता श्रेष्ठलाई मिडफिल्ड गरेको भन्दै उक्त भूमिकामा अचम्मै कम्फर्टेबल देखिएको टिप्पणी गरेका छन् ।

“अलिक दिनपछि आइयो, कमरेड प्रचण्डलाई युसुक्क धन्यवाद भनौँ भनेर । कमसेकम सरकार बनाउने लक्ष्यसाथ चार गोल मज्जाले ठोक्नुभएछ । दर्जन दिम है कमरेड, स्वाद आम्छ के दर्शकलाई,” बास्कोटाले सामाजिक सञ्जाल ट्विटरमा लेखे, “सानो अनुरोध पनि थियो–मिडफिल्ड चाहीँ काजीलाई अचम्मै कम्फर्टेबल देखिने क्या ”

 

Share This:
सम्बन्धित खबर
Loading...