काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपा अरुसाँ मागरे खाने कमजोर जातीय–क्षेत्रीय शक्ति नभइ सच्चा राष्ट्रिय शक्ति बन्ने धारणा राखेका छन् ।
उनले सामाजिक सञ्जाल ट्विटरमा जसपाको पदाधिकारी बैठक सौहार्दपूर्ण र गम्भीर वातावरणमा सुरु भएको पनि जनाएका छन् ।
“जसपाको पदाधिकारी बैठक सौहार्दपूर्ण र गम्भीर वातावरणमा सुरू भएको छ !, उदीयमान वैकल्पिक शक्ति हुनुको नाताले जसपाले विद्यमान राष्ट्रिय राजनीतिक संकटको अग्रगामी समाधाननिम्ति अग्रणी भूमिका खेल्नैपर्छ,” डा. भट्टराईले भने, “जसपा अरूसँग मागेर खाने कमजोर जातीय–क्षेत्रीय शक्ति हैन सच्चा राष्ट्रिय शक्ति बन्नु छ।”
जसपाको पदाधिकारी वैठक सौहार्द्रपूर्ण र गम्भीर वातावरणमा शुरू भएको छ! उदीयमान वैकल्पिक शक्ति हुनुको नाताले जसपाले विद्यमान राष्ट्रिय राजनीतिक संकटको अग्रगामी समाधाननिम्ति अग्रणी भूमिका खेल्नैपर्छ।जसपा अरूसंग मागेर खाने कमजोर जातीय/क्षेत्रीय शक्ति हैन सच्चा राष्ट्रिय शक्ति बन्नु छ। pic.twitter.com/iTrT5NNfYL
— Baburam Bhattarai (@brb1954) April 9, 2021