कर्णालीमा एमालेबाट सहभागी तीन मन्त्रीले दिए राजीनामा

386

सुर्खेत । कर्णाली प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का ३ मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

पार्टीको संसदीय दलले दिएको निर्देशन पालना गर्दै उनीहरुले आज मुख्यमन्त्री महेन्द्र बहादुर शाही समक्ष राजीनामा दिएका हुन् ।

कर्णाली प्रदेश सरकारमा एमालेका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा सहभागी थिए । उनीहरु तीनै जना माधव कुमार नेपाल समूहका हुन् ।

अहिले एमाले संसदीय दलको बैठक जारी रहेको छ । ३ मन्त्रीको राजीनामा आएपछि मुख्यमन्त्री शाहीले आफूसँग सरकार जोगाउने विकल्प बाँकी रहेको बताएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...