कर्णाली प्रदेशमा एमालेका ३ मन्त्रीद्वारा सामूहिक राजीनामा दिने तयारी

421

सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदमा रहेका नेकपा एमालेका ३ जना मन्त्रीले सामुहिकरुपमा राजीनामा दिने भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको नेतृत्वमा रहेको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले संयुक्त राजीनामा दिने तयारीमा छन् ।

“हिजो बसेको संसदीय दलको बैठकमा मन्त्रीले मार्ग प्रशस्त गर्ने प्रस्ताव म आफैले राखेको हो,” मन्त्री रावलले भने,“त्यहीँ आधारमा हामी भोली बस्ने बैठक अगाडि नै राजीनामा दिन्छौँ र संसदीय दलको बैठकमा जानेछौँ ।”

आइतबार बसेको दलको बैठकले नेकपा एमालेलाई एक ढिक्क बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै प्रदेशमा एमालेको नेतृत्वमा सरकार बनाउन आवश्यक कदम चालिरहेको उनको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...