दैनिक साढे ६ किलोमिटर सडक कालोपत्र : मन्त्री नेम्वाङ

425

काठमाडौं । सरकारले दैनिक साढे ६ किलोमिटर सडह कालोपत्र हुँदै आएको बताएको छ । यस्तै प्रत्येक दुई दिनमा एउटा सडक पुल निर्माण सम्पन्न हुने गरेको पनि सरकारको भनाइ छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित १ सय ६५ रणनीतिक सडक शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त कुमार नेम्वाङले सो कुरा बताएका हुन् ।

विगतका सरकारले वर्षौसम्म पनि सडक र पुल निर्माणको काम सम्पन्न गर्न नसकेको दाबी गर्दै केपी ओली नेतृत्वको सरकार आएपछि एक आर्थिक वर्षमै सडक पूर्वाधारको क्षेत्रमा विकासले तीव्र गति लिएको दाबी गरे ।

“समृद्धिलाई प्राप्त गर्नका लागि सडक तथा पुल निर्माण तीव्र गतिमा अघि बढेको छ । सडकहरु ६ देखि ८ लेनसम्म बन्न थालेको छ । संघीय सडक विभाग मातहत ३ हजार ५ सय १२ किमि सडक कालोपत्र भएको छ, ३३ किलोमिटर ग्राभेल सडक बनेका छन्, नयाँ ट्रयाक १ हजार ६ सय ८६ किलोमिटरभन्दा बढी बनेका छन्,” उनले भने, “प्रतिदिन साढे ६ किलोमिटर बाटोहरु बनेको अवस्था छ । विगतका वर्षमा दर्जनौँ पुुल बन्न सक्दैनथ्यो । यो सरकारले ३ वर्षमा सडक पुल ६ सय २८ भन्दा बढी निर्माण गरेको छ । प्रत्येक दुई दिनमा एउटा पुल निर्माण भएर पूर्वाधार निर्माणको क्षेत्रमा फड्को मारेको जगजाहेर छ ।”

उनले ८० राजमार्गलाई तीव्रता दिएपनि अझै पनि भारतीय र चिनियाँ सीमासम्म सडक सञ्जाल फैलाउन नसकेको अवस्था स्वीकार गरे ।

Share This:
सम्बन्धित खबर
Loading...