जानकीदेवी एमालेको सांसद निर्वाचित

1,108

काठमाडौं । निर्वाचन आयोगले सिरहाकी जानकीदेवी रामलाई समानुपातिक सांसद् बनाउने निर्वाचन आयोगले निर्णय गरेको छ ।

आयोगको बुधबार बसेको बैठकले सानु शिवाको ठाउँमा जानकीखदेवीलाई सांसद् बनाउने निर्णय गरिएको प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

नेकपा एमालेको चैत्र ७ गते बसेको केन्द्रीय कमिटी बैठकके सानु शिवाको निधन भएपछि रिक्त रहेको समानुपातिक सांसद्मा जानकीदेवीलाई निर्वाचित गर्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको थियो ।

दलित महिलातर्फको उक्त कोटामा बन्दसूचिमा रहेकी धनकुमारी सुनारले पार्टी परित्याग गरेकाले उनीपछिको सूचिमा रहेकी जानकीलाई निर्वाचित गरिएको हो ।

जानकी निर्वाचित भएसँगै अब प्रतिनिधिसभामा एमालेका १ सय २१ सांसद् भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...