प्रचण्डलाई चौधरीको प्रश्नः अदालतले पार्टी एकता गरिदिने हो  ?

593

काठमाडौं । नेकपा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ लाई पार्टी एकता अदालतले गरिदिने हो र भन्दै प्रश्न गरेकी छन् ।

उनले साँच्चै एकीकृत पार्टी निर्माण गर्न चाहेको भए पार्टी एकताका आधारभूत कामहरु गर्नुपर्ने थियो भन्दै यस्तो प्रश्न सोधेकी हुन् ।

उनले आत्म आलोचित हुन र नयाँ ढंगले देश र जनतालाई केन्द्रमा राखेर एकताको प्रयास गर्न समेत प्रचण्डलाई सुझाव दिएकी छन् ।

“क. प्रचण्ड, अदालतले पार्टी एकता गरि दिने हो र ? साच्चै एकीकृत पार्टी निर्माण गर्न चाहेको भए पार्टी एकताका आधारभुत कामहरु गर्नुपर्ने थियो, देशव्यापी संगठन निर्माणमा लाग्नुपर्ने थियो, अहिले आएर अदालतको दैलोमा अहिले जानै पर्दैनथ्यो,” सचेतक चौधरीले भनिन्, “उतिबेला आफ्नो पद र स्वार्थभन्दा माथि उठ्न सकेको भए र एकतालाई जोगाउने प्रयास गरेको भए अर्कै माहोल सिर्जना हुने थियो । कमरेडले एकताको मर्म विपरीत गतिविधि गर्नुभयो त्यतिबेला । अब चै अदालतको दैलोमा गएर के गर्नु ? आत्म आलोचित हुनुहोस् र नयाँ ढंगले देश र जनता लाई केन्द्रमा राखेर एकताको प्रयत्न गर्नुहोस् ।”

Share This:
सम्बन्धित खबर
Loading...