काठमाडौं । होली खेल्ने क्रममा बागलुङ बडिगाड गाउँपालिका–१० दर्लिङमा भएको घटनाको नेपाली कांग्रेसले छानबिन गर्न माग गरेको छ ।
आइतबार होली मेलामा जम्मा भएका युवाहरुको दुई समूहबीच झडप हुँदा निसिखोला गाउँपालिकाका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइको मृत्यु भएको थियो ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै उक्त घटनालाई योजनावद्ध भएको भन्दै दोषीलाई पक्राउ गरी अविलम्व छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
घटनामा मृत्यु भएका कुँवर नेपाली कांग्रेस बागलुङ जिल्ला सदस्यसमेत हुन् ।
