काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके राउत) लाई ३५ दिनभित्र हाजिर हुन नवलपरासी जिल्ला अदालतले म्याद सूचना जारी गरेको छ ।
गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेर अदालतले यसअघि पक्राउ पुर्जी जारी गरिएकोमा घर पत्ता नलागेकोले मुलुकी फौजदारी कार्यविधि संहिताबमोजिम सवुदसहित उपस्थित हुन भनिएको छ ।
राउतविरुद्ध नवलपरासी अदालतमा राज्यविरुद्धको संगठित अपराधको मुद्दा विचाराधीन छ ।
तराईलाई नेपालबाट अलग गर्नुपर्छ भनेर गतिविधि चलाइरहेका राउतले मूलधारको राजनीतिमा फर्कने उद्घोषसहित सरकारसँग २०७५ फागुन २४ गते सहमति गरेका थिए ।
