मुलुकले इमान्दार राजनीतिज्ञ गुमाएको छ : राष्ट्रपति भण्डारी

567

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनप्रति दुःख व्यक्त गरेकी छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत नेता जोशीप्रति श्रद्धाञ्जति अर्पण गरेकी हुन् । उनले जोशीको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको उल्लेख गरेकी छन् ।

“इमान्दार एवम् स्वच्छ छवि भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामयिक निधनको खबरले दुःखी भएको छु । उहाँको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको छ । स्वर्गीय जोशीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।” राष्ट्रपति भण्डारीले लेखेकी छन् ।

 

Share This:
सम्बन्धित खबर
Loading...