पछिल्लो २४ घन्टामा थप १५६ जना संक्रमित, ४ को मृत्यु

342

काठमाडौं । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै गएको छ । २४ घन्टाको अवधिमा १ सय ५६ जना नयाँ संक्रकित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ४ हजार ४ सय १६ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा कुल १ सय ५६ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका १ सय ५६ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ६ सय ६५ पुगेको छ । यीमध्ये १ हजार २ सय ९९ सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

अहिलेसम्म १ लाख ७९ हजार ४ सय ८५ पुरुष र ९७ हजार ७९ हजार १ सय ८० जना महिला संक्रमित भएका छन् ।

देशभर थप ७० जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ७० जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७२ हजार ३ सय ४२ जना पुगेको छ । निको हुने दर ९८.४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टामा थप ४ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ । मृत्यु भएका १ जनासँगै अहिलेसम्म ज्यान गुमाउनेको संख्या ३ हजार २४ जना पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...