प्रधानमन्त्रीको प्रश्न-‘अहिले सरकार छ जस्तो लाग्दैन र ?’

406

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले काम गरेको जस्तो लाग्दैन र भनी प्रश्न गरेका छन् । बुधबार नगरपालिका संघको कार्यक्रममा बोल्दै सरकारले सडक बालबालिका र सडक मानवमुक्त बनाएको दाबी गरे ।

“सडक बालबालिका खाते भनेर हिँडिररहेका थिए नि अहिले देख्नुहुन्छ ? उनले प्रश्न गरे मान्छेका बच्चा कुकुरसँग मिलेर सुत्थे, तपाईँ हामीले सडकभरि देखेको होइन, अहिले काहाँ छन् ? किनभने ती बालबालिकालाई हेर्ने सरकार छ ।”

आफूहरुको प्रयासले सामाजिक क्षेत्रमा नेपाल विकसित देशभन्दा पनि माथि पुगेको प्रधानमन्त्री ओलीले दाबी गरे । नेपालको संसदमा ३३ प्रतिशत र कुल जनप्रतिनिधिमध्ये ४१ प्रतिशत महिला रहेको भन्दै उनले यसलाई ५० प्रतिशत पुर्याउने दाबी गरे ।

मेलम्चीको पानी चैत्र १५ देखि काठमाडौँमा वितरण सुरु हुने र २ वर्षभित्रै थानको नौबिसे सुरुङ निर्माण पूरा गर्ने पनि उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...