प्रधानमन्त्री ओलीद्वारा एमालेको नयाँ कार्यालय निरीक्षण, वैशाख १ गते सर्ने

400

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको थापाथलीमा सर्न लागेको नयाँ कार्यालयको निरीक्षण गरेका छन् ।

बुधबार मध्यान्ह प्रधानमन्त्री ओलीले थापाथली पुगेर नयाँ पार्टी कार्यालयको निरीक्षण गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भवनको सबै कोठा र कौसीमा गइ निरीक्षण गरेका थिए । केही समय नयाँ कार्यालयमा बिताएका प्रधानमन्त्री ओली निरीक्षण गरेर बाहिरिएपछि कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा कुमारी अर्यालले निकट भविष्यमा रहने पार्टी कार्यालयको निरीक्षणका लागि प्रधानमन्त्री आएको जानकारी दिइन् । उनले चाँडै धुम्बाराहीबाट यहाँ सर्न लागेको समेत बताइन् ।

केन्द्रीय कार्यालय वैशाख १ गतेदेखि थापाथली सर्ने भएको छ । थापाथलीस्थित नयाँ पार्टी कार्यालयको बुधबार प्रधानमन्त्रीले निरीक्षण गरेपछि सर्ने मिति घोषणा गरिएको हो ।

प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोतिलाल दुगडले वैशाख १ गते पार्टी कार्यालय सर्ने बताउँदै ५ वर्षका लागि सम्झौता भएको जानकारी दिए । “वैशाख १ गतेदेखि पार्टी कार्यालय सर्छ, त्यसका लागि हामीले ५ वर्षको एग्रिमेन्ट गरेका छौँ”, दुगडले भने । एमालेको कार्यालय धुम्बाराहीबाट थापाथली हाइटस्थित सञ्जय अग्रवालको घरमा सर्न लागेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...