मिस एन्ड मिसेस इन्डिजिनियस २०२१ सिजन-२ को अडिसन सम्पन्न

295

काठमाडौं । एस के इन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुनगइरहेको मिस एन्ड मिसेस इन्डिजिनियस २०२१ सिजन-२ को अडिसन सम्पन्न भएको छ । राजधानीमा सम्पन्न अडिसनमा काठमाडौं र बाहिरबाट ३७ जना प्रतियोगीको उपस्थिति थियो ।

आदिवासी जनजाति समुदायका अविवाहित र विवाहित महिलाहरुको कला संस्कृति तथा भाषालगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा नायिका रेजिना उप्रेती, चिनीमाया गुरुङ, पुजा गुरुङ, आकृति गुरुङ, शुशिला तामाङ, उमा खड्का, चेसाङ तामाङ, एलिशा गुरुङ र रोजिन शाक्य निर्णायक मण्डलको उपस्थितिमा अडिसन सम्पन्न भएको थियो ।

आदिवासी जनजाति विवाहित तथा अविवाहित महिलाहरुमा क्षमता भएर पनि सधैँ पछि परेका तथा आफूलाई एक्सपोज गर्न डराइरहेका महिलाहरुलाई लक्षित गर्दै उनीहरुको क्षमतालाइ अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएको जानकारी शान्ता तामाङ लामाले गराइन् ।

प्रतियोगिताका लागि छनौट हुनेलाई २५ दिन लामो विशेष प्रशिक्षण प्रदान गरिने छ । जसमा नेपालका ख्याति प्राप्त ट्रेनर, तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य लगायत वरिष्ठ विज्ञबाट प्रतिस्पर्धीलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको क्लास,आत्मविश्वास अभिवृद्धि गराउने क्लास, मोटिभेसनल क्लास तथा व्यक्तित्व विकास सम्बन्धी विविध विषयमा प्रशिक्षण प्रदान गरिने छ ।

प्रतियोगिताको अडिसनका लागि नेपाल अधिराज्यभरबाट आदिवासी जनजाति समुदायका विवाहित र अविवाहित महिलाहरुका लागि आवेदन फाराम खुला गरिएको र विविध कारणबस अडिसनमा आउन नपाएकाले फर्म भरेर कार्यालयमा अडिसनमा आउन सकिने संस्थाका प्रबन्ध निर्देशक शान्ता तामाङ लामाले जानकारी दिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...