एमाले र जसपाबीचको वार्ता निष्कर्षविहीन, छलफललाई निरन्तरता दिने सहमति

507

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र जनता समाजवादी पार्टी नेपाल (जसपा) बीच मंगलबार भएको वार्ता निष्कर्षविहीन टुंगिएको छ ।

दुई दलबीच सत्ता सहकार्यबारे कार्यदल स्तरमा छलफल भएपनि कुनै सहमति हुन नसकेको बैठकपछि जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

टीकापुर घटनाका दोषी रेशमलाल चौधरीलगायतको रिहाइ, मधेस आन्दोलनमा संलग्नमाथि लागेको मुद्दा फिर्ता, संविधान संशोधन, नागरिकता, लाल आयोगको प्रतिवेदन कार्यान्वयनलगायतको विषयमा छलफल भएपनि कुनै सहमति नभएको उनले बताए ।

यद्यपी छलफललाई निरन्तरता दिने सहमति भएको उनले बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारबाट नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा सरकार अल्पमतमा पर्ने देखिएपछि सत्ता जोगाउनका लागि उनले जसपालाई मनाउन प्रयास गर्दै आएका छन् ।

जसपा नेपालले आफूहरुको माग पूरा भएपछिमात्र सरकारमा जाने अडान लिएका छन् ।

वार्ताका लागि गठन भएको कार्यदलमा सरकारको तर्फबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई र अर्थमन्त्री बिष्णुप्रसाद पौडेल रहेका छन् भने जसपाका तर्फबाट लक्ष्मणलाल कर्णसहित सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...